मुख्यमन्त्री राईको घरमा जनअदालतको पुर्जी

२०७४ चैत्र १७ गते, शनिबार

काठमाडौं, १७ चैत । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनअदालत रोल्पाले एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईको नाममा उनको भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका वडा नं. ३,पसल भञ्ज्याङमा रहेको निवास र नविास नजिकै रहेको शिक्षा ज्योती माध्यमिक विद्यालय पसल भन्ज्याङ र साविक गा.वि.स.को कार्यालय तथा हालको वार्ड कार्यालयमासमेत पुर्जी टाँस गरेको छ । केन्द्रीय जन अदालतका प्रकाशद्वारा हस्ताक्षर गरिएको उक्त पत्र हिजो चैत १६ गते अपरान्ह शेरधन राईको बाबु जागिरमान राईको उपस्थितिमा निवासमा टाँसिएको बताइएको छ ।
मुख्यमन्त्री शेरधन राईको घरमा टास गरेको पुर्जीमा भनिएको छ–“जागिरमान राईको छोरा भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हला आमचोक गाउँपालिका वडा नं. ३ बस्ने तपाई शेरधन राईको विरुद्धमा केन्द्रीय जनअदालत रोल्पामा ‘२०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जन–स्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु हेमन्त प्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैर कानुनी रुपमा धनकुटामा थुनामा राखेको’ भन्ने मुद्दा परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनसुसार हुने कुराको जानकारी समेत गराइन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]