थबाङमा जनपरिषद

२०७४ चैत्र १९ गते, सोमबार

काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको थबाङमा जनसत्ता गठन गरेको छ । समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीतिअनुसार प्रहरी परिचालन गरिए पनि नेकपाले थबाङमा जनसत्ता घोषणा गरिएको रोल्पा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चुडामणी गौतमले जानकारी दिएका छन् । स्थानीय प्रशासनले थबाङमा एकाबिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।
तत्कालिन माओवादी युद्धको झल्को दिने गरी बिहान उज्यालो नहुदै प्रहरीको हुल गाउँपसे पनि स्थानीयहरुको सहभागीतामा विश्वले नेतृत्व गरेको जनपरिषद, नेपाल, रोल्पा घोषणा गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]