ज्ञवालीको ठगीधन्दा !

काठमाडौं, १९ चैत । काठमाडौं नयाँ बानेश्वरस्थित जि–शप(G Shop )का मालिक ध्रुव ज्ञवालीले सरकार, ग्रााहक र कामदारलाई ठगी गर्दै आइरहेको खुलासा भएको छ । ब्राण्डेड सामग्री बिक्रीका नाममा उनले ग्राहकलाई ठगी गर्दै आएका छन् भने बिक्री भएका सामानको ग्राहकहरुलाई भ्याट बिल नदिने, पसलभाडा न्यूनतम देखाई राजश्व छल्ने गरेको एक कामदारले बताए । जि–शपका कामदारका अनुसार पसल सञ्चालक ज्ञवालीले कामदारलाई सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिकसमेत दिएका छैनन् । आपूmलाई धार्मिक प्रवृत्तिको देखाउन रुचाउने ज्ञवालीले देशको राजधानीमै बसेर लुट मच्याइरहँदा समेत सम्बन्धित निकायको कुनै ध्यान नपुगेकोमा उक्त पसलका कामदार चिन्ता व्यक्त गर्छन् ।
जि–शपका सञ्चालक ज्ञवालीले यसरी देशको मुटुमै बसेर लुटको धन्दा चलाइरहँदा सम्बन्धित निकायको ध्यान नपुग्नु लाजमर्दो भएको भन्दै उक्त पसलका एक कामदारले निकट भविष्यमै सप्रमाण सम्बन्धित निकायमा उजुरी गर्नेसमेत बताए ।