नेकपासहितका चार पार्टी संयुक्त संघर्षमा

२०७४ चैत्र २२ गते, बिहीबार

काठमाडौं, २२ चैत । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेका छन । बुधबार चारै पार्टीका शिर्ष नेताहरुको संयुक्त बैठकले सो निर्णयका साथै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अाधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने निर्णय समेत गरेका छन ।
बैठकपछि चारै जना नेताहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा यसअघि नेपाल भारतवीच भएका असमान सन्धी सम्झौताको कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्ने, चैत २४ गते दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको दिल्लीबाट संयुक्र रुपमा उद्घाटन गर्ने निर्णयको विरोधमा सोही दिन काठमाडौमा विरोध प्रदर्शन गर्ने र बैशाख ३ गते चारवटै पार्टीले अन्तरक्रिया गर्ने निर्णय गरेको जनाएका छन् । त्यसैगरी चारवटै पार्टीले शान्तिपुर्ण संगठन र भेलामा सरकारी दमनको विरोध गर्ने निर्णय गरेका छन् ।
यस बिषयमा नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहको संयुक्त हस्ताक्षरमा जारी बिज्ञप्ती यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]