नेकपाको कार्यकर्तामाथि लगाइएको अभियोग झुटा सावित

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौं, २३ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेता कार्यकर्ता रिहा भएका छन् । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको अभियोग लगाएर गिरफ्तार गरिएका नेकपाका नरेन्द्र विक, भरत शाह, कमल क्षेत्री, हृदयराज बोगटी र पुरण खनाललाई कैलाली जिल्ला अदालतको आदेशमा रिहा गरिएको हो ।
उनिहरुलाई चौधरीकी श्रीमतीको उजुरीको आधारमा भन्दै प्रहरीले फागुन र चैत महिनामा विभिन्न मितिमा, विभिन्न समयमा घर र कार्यक्षेत्रबाट गिरफ्तार गरेको थियो । उनीहरुमाथि लगाइएको अभियोग झुटा सावित भएको छ ।
अदालतमा बयान दिने क्रममा घाइते मेयर चौधरीले आफुमाथि गोली हान्नेहरु आफूले नचिनेको र गिरफ्तार गरिएकामाथि घटनाको शंका नलागेको बताएपछि अदालतले अभियुक्त पाँचै जनालाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]