‘राष्ट्रियताको रक्षा जनसत्ताले मात्रै गर्छ ‘

२०७४ चैत्र २४ गते, शनिबार

काठमाण्डौ , २४ चैत । नेकपा सहित चार पार्टीका नेताहरुले रास्ट्रीयता र जनविजीकाको रक्षा जनसत्ताले मात्रै गर्न सक्ने भएकाले अधुरो क्रान्ति पुरा गर्न फेरी एक भएर संघर्ष सुरु गरेको उद्घोष गरेका छन् । काठमाण्डौको शान्तिबाटीकामा आयोजित चार पार्टीको संयुक्त कार्यक्रममा बोल्दै नेताहरुले राजतन्त्रको अन्त्यपछि मुलुकमा जन्मिएका नव दलालहरुले सत्तामोहका कारण थप राष्ट्रघात गर्न खोजेको भन्दै त्यसतर्फ सचेत रहन पनि जनतालाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा (मसाल), र ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रघाति सम्झौता खारेज गर्न माग गर्दै काठमाण्डौ संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले राष्ट्रियता रक्षाका लागि देशभित्रकै दलालहरुसँग लड्नु पर्ने बताए । त्यसका लागी जनसत्ता निर्माण पहिलो प्राथमिकता भएको भन्दै उनले दलालहरुको बिरुद्ध संघर्ष गरेर आधिवेशरी सिर्जना गरी सत्ताच्यत गराएर अघि बढ्नुपर्नेमा जोड दिए । महङगी , बेरोजगारी, भ्रष्ट्रचार जस्ता कारणले मुलुक आक्रान्त भईसकेको भन्दै उनले पछिल्लो समय नेपालको जलश्रोतमाथि नै नेपाली दलालहरुले सत्ता टिकाउन भारतलाई सुम्पिएर अर्को राष्ट्रघात गर्ने तयारी गरिरहेकोले दलालहरुलाई सत्ताबाट नझारेसम्म देश र जनताको मुक्ति नहुने ठोकुवा गरे । उनले देशमा क्रान्ति अझै पुरा नभएकाले चार शक्ति एकै ठाउमा उभिएर अधुरो क्रान्ति पुरा गर्ने अभियानमा जुटेको भन्दै त्यसमासाथ दिन सबैलाई आग्रह गरे । अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास तत्कालका लागी स्थगित हुँदैमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको नेता श्रीसले बताए । नेता श्रीसले उक्त आयोजना नेपालको पानी कब्जा गर्ने र नाफा कमाउने उदेश्यले भारतले बनाउन खोजेकोले उक्त राष्ट्रघाती सम्झौता खोरज गरि नेपाल आफैले बनाउनु पर्नेमा जोड दिए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै मसालका प्रवत्ता रामप्रकाश पुरीले अरुण तेस्रोको सम्झौता कार्यान्वयन भए मुलुकमा अर्को राष्ट्रघातको श्रीङखला सुरु हुने चेतावनी दिए । प्रवत्ता पुरीले सडकमा रहदा राष्ट्रियताको मुद्धा उठाउने तर सत्तामा पुगेपछि तीनै नेताले राष्ट्रघात गर्ने गरेको भन्दै फेरी पनि यस्तो हुनु विडम्बना भएको बताए ।
यसैगरी उक्त सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष रिषि कट्टेलले ठुलो वलिदानबाट राजतन्त्र फालेपनि मुलुकमा धेरै नव सामन्तहरुको जन्म हुनुले क्रान्ति अधुरो रहेको ठोकुवा गरे । संसदबादी दलहरुले तानाशाही सासन चलाउन खोजेको भन्दै कट्टेलले भने , लोकतन्त्र भनेर पञ्चायती शैलीमा राज्य आतंक मच्चाई रहेको छ । अध्यक्ष कट्टेलले गणतन्त्र र राजतन्त्रको भिन्नता नदेखिएको भन्दै फेरी अन्तिम युद्ध जरुरी रहेकोले नव सामन्तीबाट जनतालाई मुक्ति दिलाउन चार पार्टीले क्रान्तिको विगुल फुकीसकेको बताए ।
उनले अपर कर्णली , अरुण तेस्रो र पञ्चेश्वर आयोजना भारतले बनाएमा नेपालको पानी र विजुली कब्जा गर्न भारत सफल हुने भएकाले यो राष्ट्रघाती सम्झौता खारेज गराएरै छाड्ने बताए । जलश्रोतमाथि हुने राष्ट्रघात रोक्नु नेपालीको जीवन मरणको सवाल भएकाले फेरी एकपटक वलिदान दिन सबै तयार हुन पनि कट्टलले आह्वान गरे । अर्को प्रशंगमा उनले एमाले ,माओवादी केन्द्रको एकताले जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै नव कागं्रेसीहरुको जन्म हुने बताए ।
यस्तै कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य अनिल शर्माले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको कुरा गर्दा राज्यले आत्रक मच्चाएको देख्छ भने भ्रष्ट र दलालहरुलाई समाप्त पार्न जस्तोसुकै दलम चाल्न आफ्नो पार्टी तयार रहने चेतावनी दिए । नेकपाका नेताका बिरुद्ध वारेन्ट जारी गर्ने ओली प्रचण्डलाई पनि जनअदालतले हिरासतमा पुर्याउने चेतावनी दिँदै उनले भने , विगतमा राजाका बिरुद्ध यीनै दालाल नेताहरुले बम बर्साएका थिए अहिले हामिले नव सामन्तीको अन्त्यका लागी त्यो कदमलाई दोहोर्याउदै छौ । उनले लोकतन्त्रको रक्षाका लागी जनताले अहिलेको संबिधानलाई च्यातेर ध्वस्त पारिदिने भन्दै कम्युनिष्ट नामधारी अहिलेको दलालका बिरुद्ध क्रान्ति अघि बढाउन तयार रहेको पनि बताए ।

प्रतिक्रियाहरु

[anycomment]