नगरपालिका र गाउँ पालिकाका प्रमुखलाई राजिनामा गर्न आग्रह

२०७४ चैत्र २६ गते, सोमबार

काठमाण्डौ , २६ चैत । नेपाल कम्युनिस्ट पार्टीले संचालन गरिरहेकाे जनसत्ता मँगरात स्वायत्त प्रदेश अन्तर्गत जन परिषद् पाल्पाले नगरपालिका मेयरहरु र गाउँ पालिकाका प्रमुखहरुलाई राजिनामा दिन अाग्रह गरेको छ । यस्तै उक्त परिषद्काे पत्रमा भनिएको छ “प्रस्तुत विषयमा हाम्रो गाैरवशालि पार्टी नेपाल कम्युनिस्ट पार्टीले स्थापना काल देखि नै जनजिविका,जनतन्त्र र राष्ट्रियताकाे सवालमा सतिशाल झै उभिएको व्यहाेरा सर्वविदितै छ । नेपाल स्वाधीन र स्वतन्त्र ढंगले संचालन गर्ने हामी सबैकाे दायित्व हाे र हुनुपर्दछ ।हामीले भन्दै अाएकाे संसदीय व्यवस्थाकाे अत्न्य र वैज्ञानिक समाजवादकाे स्थापनाका खातिर विश्व कम्युनिज्म दृष्टिकोण अनुसार पनि वर्ग संघर्ष,वल प्रयोगकाे सिद्धान्त,सर्वहारा श्रमजीवी वर्गको अधिनायकत्व स्थापना गर्ने विकल्प छैन् ।
अहिले देशमा रहेको विद्दमान संसदीय व्यवस्थाकाे विकल्पमा स्वयम् पुजीवादीहरु पनि लागि रहेको छ ।अत: हाम्रो नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाकाे खारेज र अन्त्यका लागि विभिन्न संर्घषका कार्यक्रम गर्दै अाएकाे र अहिलेकाे दलाल व्यवस्थाकाे खारेजिकाे लागि हाम्रो पार्टीकाे संलग्न विना ३५% जनताको विरोधका बावजुत पनि गरिएको निर्वाचनले निकास दिने संम्भावना छैन् हामीले भन्दै अाएका थियौं । अाज त्यहीँ व्यवहार प्रर्दशन हुदै अाएका छन् भने दलाल संसदीय व्यवस्था स्वत:कमजोर भन्दै गएको छ बाडिचुडि खाने,ठुलाले खाने,कमिसन भित्र्याउने चुनाव खर्च उठाउने साथै अर्को निर्वाचनका लागि अार्थिक संकलन गर्ने,गृह कुरामा अधारित रहेर ३५% देखि ६००% सम्म महङ्गि बढेको छ । कालाे बजारि,भ्रष्टाचार,व्यविचारि,दिन गुणा रात चाैगुढा बढ्दै गएको छ जनप्रतिनिधि मुख दर्शक वा थप सहयोगी बनिरहेको छ ।
त्यसकारण याे दलाल संसदीय व्यवस्थाकाे अन्त्य र वैज्ञानिक समाजवाद स्थापानार्थ तपाई र तपाईंकाे पदबाट राजिनामा दिन हुन हार्दिक अनुरोध गर्दैछौं अन्यथा उत्पन्न परिस्थितिकाे सामाना तपाईं स्वंयमले गर्नुपर्नेछ ।”
पत्रमा उल्लेख गरि तानसेन नगरपालिकाका मेयर अशोक शाहि,रामपुर नगरपालिका मेयर रमण बहादुर थापा,माथागढि गाउँ पालिका प्रमुख सन्तोष थापा र बगनासकालि गाउँ पालिका प्रमुख कृष्णप्रसाद बस्याल लगायतलाई राजिनामा दिन अाग्रह गरेको छ । याे राजिनामालाई अटेरी गरे उत्पन्न परिस्थितिकाे स्वयम् जिम्मेवारी हुन पनि चेतावनी दिएको छ । – प्रवेश पन्थी

प्रतिक्रियाहरु

[anycomment]