वडाअध्यक्षलाई कालोमोसो

काठमाण्डौ , २८ चैत । नेपाल कम्युनिस्ट पार्टी चितवन जनपरिद्ले भरतपुर महानगरपालिका-१० का वडअध्यक्ष अरुण भण्डरीलाई कालोमोसो दलेर कारवाही गरेको छ ।वडअध्यक्ष भण्डरीलाई जनपरिषद्का कार्यकर्ताले मंगलबार दिउँसो सार्वजनिक स्थलमै कालोमोसो दलेर कारवाहरी गरेका हुन् । दुई हजार प्रतिशत कर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद् चितवनले जनाएको छ ।
देशकै सबैभन्दा बढी कर वृद्धि गरेको भन्दै महानगरपालिकाकी मेयर रेणु दाहालको पनि अालोचना भइरहेको छ । दाहालकै प्रस्तावमा करवृद्धि भएको वडाअध्यक्ष भण्डारीले खुलासा समेत गरेका छन् । यसअघि पनि भ्रष्टाचारी, कमिसनमा नेकपाले चेतावनी स्वरुप कालोमोसो दल्दै अाएको थियो तर जनपरिषद्कै नामबाट गरिएको यो पहिलो कारवाही हो ।