अखिल क्रान्तिकारीद्वारा १३ बुँदे माग पत्र पेश

काठमाण्डौ , २८ चैत । अखिल क्रान्तिकारीले शिक्षा सचिब खगराज बराल र प्याब्सनका केन्द्रिय पदाधिकारीहरुलाई १३ बुदे माग पत्र पेश गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाहिको नेतृत्वमा मंगलबार गएको टोलिले सो माग पत्र पेश गरेको हो । उसले आफ्ना मागहरु १० दिन भित्र पूरा नभए कडा संघर्षमा जाने चेतावनी समेत दिएको छ ।