नेकपाद्वारा संघर्षका कार्यक्रम सार्बजनिक

२०७४ चैत्र २९ गते, बिहीबार

काठमाण्डौ , २९ चैत । नेपाल कम्युनिस्ट पार्टीले बन्द सहितको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन ः पक्राउ गरिएको भन्दै विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
नेकपाको पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा विभिन्न संघर्षको कार्यक्रम समेत सार्वजनिक गरिएको छ । विज्ञप्तिका अनुसार वैशाख ४ गते पूर्वी नेपालको जनकपुर, सगरमाथा, कोशी र मेची अन्चल बन्दको आह्वान गरिएको छ । राई लगायत नेतालाई गत चैत्र ५ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]