एमाले र माके पार्टी एकता ‘अप्रिल फुल’बन्ने निश्चित

२०७५ बैशाख १ गते, शनिबार

काठमाडौं, १ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता ‘अप्रिल फुल’बन्ने लगभग निश्चित भएको छ । दुई पार्टीको क्रियाकलाप हेर्दा एकता गर्ने दिन बैशाख ९ (अप्रिल २२) ‘अप्रिल फुल’ हुने निश्चित देखिएको छ । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवस्थ भएको कारण देखाउँदै संयोजन समितिको बैठक स्थगित भएको थियो । त्यस दिन संयोजन समितिको बैठकमा राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुबै मस्यौदामाथि छलफल हुने एजेन्डा थियो । त्यसपछि मात्र एकताको दिशा अगाडि बढ्ने थियो तर सोहि दिन प्रचण्ड बिमारी परे । प्रचण्डलार्ई के बिमार भयो भन्ने बताइएन । बुधबार नै प्रचण्ड राजधानीमा भएको एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाषण गर्दै थिए भने बिहिबार एकाएक प्रचण्ड चितवनमा झुल्किए । चितवनमा उनले चर्कै भाषण गरे । तर उनले त्यहा एकताका बारेमा खासै शब्दहरू खर्चेनन् ।
त्यस्तै एकताको चर्को बहस भैरहेको समयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले झन् झस्काइ दिएका छन् । बिहिबार काठमाडौँमा गरिएको एक कार्यक्रममा उपाध्यक्ष रावलले भने ‘पार्टी एकता संयोजन समितिले एकताको तिथि घोषणा गरेकै छैन ।’ उनले दुबै पार्टीका नेताहरूको व्यवस्थापन नै मुख्य चुनौती रहेको बताउँदै एकता सजिलो नभएको सन्देश दिन खोजे ।
पछिल्लो समय निरन्तर बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण भएको बताइन्छ । ओलीको भारत भ्रमणले एकतालार्ई के असर गर्न सक्छ ? यसमै गम्भीर कुरा लुकेको छ । यसमा भारतको इच्छाशक्ति लुकेको विष्लेषण गर्न थालिएको छ । भारतले एमाले र माओवादीबीच एकता चाहँदैन भन्ने विष्लेषण वाम विश्लेषकहरूबीच नै हुन थालेको छ । सत्ता साझेदारको नाताले पनि ओलीले प्रचण्डसंग थप कुराकानी गर्न सक्थे । तर उनले केही पनि नगरेको गुनासो बढेको छ ।
प्रचण्ड र ओलीबीच प्रहरी प्रमुख नियुक्तिका क्रममा केही समय वार्ता भएपनि पार्टी एकताका विषयमा गम्भीर देखिएका छैनन् । सत्ता साझेदारीकै क्रममा रहँदा सचिव सरुवामा दुवै दलबीच कित्ता काट्ने काम भएको भन्दै माओवादीका मन्त्रीहरूले चर्को विरोध जनाएका थिए । यसबाट प्रचण्ड झनै झस्केका छन् । स्रोतका अनुसार चीनले ओलीको भारत भ्रमण र त्यसपछिका सरकारमा देखाएको कदमलार्ई निको मानेको छैन । यी तथ्य केलाउदा अब यी दुई पार्टी बीच एकता नहुन पनि सक्छ भन्ने राजनीतिक विश्लेषकहरूको ठहर छ ।
माओवादी केन्द्रका एक नेता भन्छन्,– ओलीलार्ई भारत जान विरोध नहोस् भनेरै एकताको तिथि चैत २२ लार्ई निकालियो खोइ के भयो त परिणाम ?’ अब विगतलार्ई हेर्दै जाने हो भने एकता कुनै पनि हालतमा हुँदैन । दुई मुख्य नेताहरूको व्यस्तताले उनीहरूलार्ई काठमाडौमा भेटाउन कम्तीमा आइतबार लाग्नेछ । त्यसैले एकताका लागि अनौपचारिक रूपमा तय गरिएको मिति बैशाख ९ आउने समय निकै कम रहँदा यो समयभित्र विवादित विषय टुंगो लगाएर एकता गर्न सम्भव देखिदैन । पार्टीको नीति महाधिवेशनले तय गर्ने निर्णय गरिरहँदा अरु विवादित विषयलार्ई पनि थाँतीमा राखेर एकता गर्ने हो भने त्यो मितिभित्रै सम्भव देखिन्छ । तर हरेक विवादका कुराहरूलार्ई पछिपछि धकेल्ने हो भने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको भनाइलार्ई सम्झनु पर्ने हुन सक्छ –‘यी लोभीपापी हुन् पद र पैसाका लागि जे पनि गर्छन्, राजनीति गर्ने त देशका लागि पो त !’
यहाँ एकताका लागि प्रचण्ड टाढा कि ओली टाढा भन्ने सन्दर्भमा ओली नै टाढिएको विश्लेषण गर्न थालिएको छ । भारतको भ्रमण नै यसको कारण रहेको माओवादी निकटका विश्लेषकहरूले बताउन थालेका छन् ।
दुबै पार्टी एकताको लागि बाधक मानिएका विषय यस प्रकार रहेका छन्–
१. चुनाव चिन्ह ः एकीकृत पार्टीको चुनाव चिन्ह के हुने भन्नेमै दुबै पार्टीका नेताहरूले आ–आफ्ना अडान छोडेका छैनन् । एमाले नेताहरूले सूर्य नै चुनाव चिन्ह हुनुपर्ने बताउँदै आएका छन् भने माकेका नेताहरूले सूर्यभित्र हसियाँ–हथौडा हुनुपर्ने बताएका छन् । सूर्य चिन्ह भए एकता नभएर पार्टी प्रवेश गरेजस्तै हुने भनाई छ भने चुनावअघि प्रचण्डले सूर्य चिन्ह स्वीकार गरिसकेका कारण यसमा दायाँबायाँ नहुने एमाले नेताहरूको धारणा छ ।
२. जनयुद्ध ः जनयुद्ध शब्द पनि एकताको लागि बाधक भएको छ । प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने माकेका नेताहरूका माग छ भने यो कुरा एमालेले स्वीकार गर्न नसकिने बताउँदै आएको छ । पार्टी एकता संयोजन समितिमा सहमति हुन नसक्दा यो विषय ओली र प्रचण्डसमक्षमा पठाइएको छ तर सहमति हुन सकेको छैन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीको आन्तिरक छलफलमा पनि माओवादीले १० वर्षसम्म चलाएको जनयुद्ध नभएको बताउँदै ‘जनयुद्ध’ शब्दले एकीकृत पार्टीमा कुनै स्थान नहुने धारणा राख्दै आएका छन् ।
यसैगरी, माओवादी केन्द्रका नेताहरूले पनि जनयुद्धलाई एमालेले स्वीकार गर्नुपर्ने भन्दै विधान र राजनीतिक प्रतिवेदनमा समेटिनु पर्ने धारणा राख्दै आएका छन् । उनीहरूले जनयुद्ध शब्द नसमेट्दा माओवादी एमालेमा विलय हुने अर्थ लाग्ने तर्क गरिरहेका छन् ।
३. बराबरी ः अर्को महत्वपूर्ण कुरा संगठनमा बराबरीको कुरा हो । माओवादी केन्द्रले पछिल्लो पटक संगठनमा बराबरीको नयाँ प्रस्ताव अगाडि सारेको छ । चुनाव र सरकार निर्माणमा करिब करिब ६०–४० र ७०–३० स्वीकार गरेको माकेले पार्टी संगठनमा भने बराबरी मागेको हो । यो प्रस्ताव एमालेको लागि मान्य हुने कुरै छैन । उसले आपूm ७० र माके ३० प्रस्ताव अगाडि सारेको छ ।
पार्टी निकट विद्यार्थीको एक कार्यक्रममा प्रचण्डले बराबरी नभए पार्टी एकता नै हुँदैन समेत भनेका थिए । त्यसैगरी बालुवाटारमा ओलीले आपूm निकट नेताहरूसँगको छलफलमा बरु एकता हुँदैन तर एमालेको हैसियत माओवादीलाई दिन नसकिने बताएका थिए ।
४. प्रधानमन्त्रीको व्यवहार ः प्रधानमन्त्री ओलीले आपूmमाथि राम्रो व्यवहार नगरेको माओवादी केन्द्रका मन्त्रीहरूले पार्टीमा रिर्पोटिङ गरिसकेका छन् । भारत भ्रमण, सचिव सरुवा हुँदै दैनिक कामकारवाहीमा आपूmहरूमाथि प्रधानमन्त्रीले अपमानजनक व्यवहार गरेको भन्दै माकेका मन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई गुहार गरिसकेका छन् । यो व्यवहारिक पाटो भए पनि कहिलेकहीँ महत्वपूर्ण भएर आउँछ । यसले अन्तरघुलमा अवरोध गर्छ ।
चुनाव चिन्ह, जनयुद्ध शब्द राजनीतिक हुन् भने बराबरी सांगठानिक । त्यसैगरी ओलीको व्यवहार भावनात्मक वा व्यवहारिक पक्ष । राजनीति, संगठन र भावनात्मक कुरामै एक मत भइनसकेको अवस्थामा बैशाख ९ गते नै पार्टी एकता भइहाल्नेमा प्रश्न खडा भएको छ । नेपालको राजनीतिमा रातारात ठूलो परिवर्तन भएको धेरै उदाहरण छन् । त्यसैले एमाले र माकेका नेताहरूबीच फेरि पनि रातारात सहमति नहोला भन्न सकिँदैन । तर, सबै नेताहरूको व्यवस्तालाई हेर्दा पार्टी एकताको विषय ओझेलमा परेको देखिन्छ । त्यसैगरी, दुबै पार्टीका केही नेताहरूले एकता नचाहेको कुरा त पटक–पटक सार्वजनिक हुँदै आएको छ ।

यसैबिच, एमाले र माओवादी केन्द्र पार्टी एकीकरणका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावास पुगेपछि वाम गठबन्धनभित्र बबण्डर मच्चिएको स्रोतले बताएको छ । एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि दस्तावेज बनाएको थियो । ती दुई कार्यदलले अधिकांस विवाद सल्टाएपनि तीनवटा विवाद भने सुल्झाउन सकेको थिएन । तर, यी दुई कार्यदलले बनाएको दस्तावेज भारतीय राजदूतावासमा पुगेकोपछि वाम गठबन्धन भित्र एकले अर्कालार्ई आरोप प्रत्यारोप लगाउन थालेका छन् । पार्टी एकीकरणका लागि बनेका दस्तावेजहरू एमाले र माओवादी केन्द्रका नेताहरूले लुकाएका थिए । तर, भारतीय राजदूतावासका एक कर्मचारीले आपूm निकटका केही नेपाली पत्रकारहरूलार्ई दस्तावेज दिएपछि त्यसको रहस्य बाहिर आएको हो । स्रोतले भन्यो, ‘एमाले र माओवादीका नेताहरूले पत्रकारले माग्दा पार्टी एकीकरणको दस्तावेज दिएनन् । तर, भारतीय राजदूतावासबाट ती दस्तावेजहरू पत्रकारहरूलार्ई दिइयो ।’ विवाद भएका विषय बाहिर नजाओस् भनेर एमाले र माओवादीका नेताहरूले ती दस्तावेज लुकाएका थिए । दस्तावेज भारतीय दूतावासमा कुन नेताले पु¥याएको हो भनेर एमाले र माओवादीभित्र खोजी सुरु भएको छ । वरिष्ठ नेता नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट भीमबहादुर रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । माओवादी केन्द्रका नेता थापा संयोजकत्वको संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट थापाका साथै गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । कार्यदलमा रहेका यी नेताहरूमध्येबाट दस्तावेजहरू भारतीय राजदूतावास पुगेको भनेर वाम गठबन्धभित्र एकले अर्कालार्ई आरोप लगाउन थालेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]