आज पूर्व बन्द , यातायात र जनजीवन ठप्प

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज पूर्वी कमान्ड बन्द गरेको छ । पार्टी केन्द्रीय सदस्य किरण राई सहितका ८ जना नेता कार्यकर्तालाई विहीबार जिल्ला प्रशासन कार्यालय धनकुट्टाले निर्दोष सावित गरेता पनि पुन ः पक्राउ गरिएको भन्दै उसले आज पूर्वी कमान्ड बन्द गरेको हो । पूर्वी कमान्ड बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले बिहानै देखि यातायातको साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौंबाट काकरभिट्टा जादै गरेको यात्रुबाहक रात्री बसलाई पुर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी भएको छ । त्यसैगरी सुन्धहरिचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा आगजनी भएको छ । त्यसैगरी मोरङ बेलबारीमा २ वटा ट्रकमा आगजनी भएको छ । मोरङ उता उर्लाबारीस्थित राजमार्गमा बन्द कर्ताले टायर बालेर राजमार्ग अवरूद्ध गरेका छन् ।
यसैबीच, झापादेखि सुनसरी, विराटननगर चल्ने सुर्यदयमा यातायात प्रालि सुनसरीको इटहरीचोकमा आजगनी भएको छ । सुनसरी कै दुहबीको एउटा मधेरा कारखानामा बम विस्फोट भएको समाचार प्राप्त भएको छ । बन्दको कारण पूर्वमा यातायात र जनजीवन ठप्प भएका छन् ।
यसैगरी, मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत हात्तिमुढामा बन्द कर्ताहरुले टायर बालेर आगजनी गरेपछि विराटनगर इटहरी सडक अवरुद्ध भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]