शिक्षकहरु गिरफ्तार !

२०७५ बैशाख ४ गते, मंगलवार

काठमाडौं, ४ बैशाख । प्रहरीले धरानवाट अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई वैशाख ४ गते धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट गिरफ्तार गरेको हो । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले उक्त गिरफ्तारीको विरोध गर्दै विज्ञप्ती जारी गरेका छन । विज्ञप्तीमा- शान्तिपूर्ण तरिकाले संगठनको बैठकका लागि गैरहेका बखत शिक्षक नेताहरुलाई गरेको गिरफ्तारको घोर बिरोध गरिएको छ । यसै गरी नेपालका अन्य शिक्षक संगठनहरुले पनि सो गिरफ्तारीको विरोध गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]