सात बिद्यार्थी संगठन संघर्षमा उत्रने

काठमाण्डौ , २३ वैशाख । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले शिक्षा क्षेत्रको बिकृति हटाउन संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन । उनीहरुले आज पत्रकार सम्मेलन गर्दै सो संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । सो पत्रका सम्मेलनमा नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियू(पाँचौ) का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अखिल ( क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्वाङ, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले शिक्षा मन्त्रीको आँखा र मष्तिक समस्या देखिएकोले सिघ्र स्वस्थ्य लाभको कामना समेत गरेको छ । शिक्षा क्षेत्रमा भएको विकृति अन्त्यको लागि भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ । विज्ञप्तिमा ‘वैशाख २३ गते पक्रकार सम्मेलन, वैशाख २४ गते चेतावनी पत्र बुझाउने, वैशाख २५ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने, वैशाख २६ गते संयुक्त अन्तक्र्रिया गर्ने र वैशाख २७ गते सयुक्त बैठक बसि शैक्षिक हड्तालसहितथको बहिस्कार र प्रतिरोधात्मक संघर्षको कार्यक्रम घोषणा गर्ने ’ उल्लेख छ ।
यस बिषयमा अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले जारी गरेको संयुक्त विज्ञप्ती यस्तो छ :