नेकपा इलामका चार नेता गिरफ्तार

२०७५ बैशाख २५ गते, मंगलवार

काठमाडौं, २५ बैशाख । नेपाल कम्युनिस्ट पार्टी इलामका चार स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । इलाम नगरपालिका–३, पुवामझुवाका २५ वर्षका काजीमान सुनुवार, ३७ वर्षका चन्द्र थापा, ३२ वर्षका समीर भन्ने सञ्जिवकुमार राई र सूर्योदय नगरपालिका १२ आइतबारेका ३४ वर्षका लाक्पा शेर्पालाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । प्रहरीले चारै नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । उनीहरुलाई प्रहरीले मेची राजमार्गको इलाम नगरपालिका–४, मा रहेको पुवाखोला–नेपालटार सडक खण्डमा गएको २२ गते गाडीमा आगजनी गरेको आरोप लगाएको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]