मजदूर नेताहरु पत्रकार सम्मेलनबाटै गिरफ्तार

काठमाण्डौ , २५ वैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्री, महासङ्घका केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकीलगायतका पदाधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । काठमाडौैंको संवाद डबलीमा पत्रकार सम्मेलन सक्ने वितिक्कै उनीहरुलाई गिरफ्तार गरिएको हो । संवाद डबली परिसरबाटै मजदूर नेताहरुलाई गिरफ्तार गरेर सिंहदरवार प्रहरी वृतमा राखिएको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको बैशाख १८-२० पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका निर्णयहरु सम्प्रेषण गर्न आयोजित पत्रकार सम्मेलन सकेर निस्कदै गर्दा उनीहरुलाई गिरफ्तार गरिएको हो ।
शान्तिपुर्ण भेला , सम्मेलन , संगठन गर्न पाउने तथा राजनितिक/बिचार स्वतन्त्रताको ग्यारेन्टी संबिधान त ब्यबस्था भए पनि बर्तमान सामाजिक दलाल सरकारले उक्त संबैधानिक ब्यबस्थाको धज्जिउडाउदै गरेको गिरफ्तारी एब हिरासत राख्ने कार्यको संगठनले घोर भत्सर्ना गरेको छ । साथै प्रहरीद्वारा गिरफ्तार गरिएका केन्द्रिय अध्यक्ष कमरेड अमर झाक्री लगायत सबै कमरेडहरुलाइ बिनासर्त यथासिघ्र रिहागर्न संगठनले माग गरेको छ ।
श्रमजिबि मजदुर वर्गको हक , हित र अधिकारको पक्षमा संघर्षरत हाम्रो गौरबशाली संगठको राजनैतिक एब पेशागत अधिकार प्राप्तिका आवाजहरु बाट बर्तमान सामाजिक दलाल सरकार तथा दलाल सत्ता भयभित भइ मजदुर नेताहरुलाइ धर-पकड तथा गिरफ्तारि गर्ने कार्य तुरुन्त नरोके तथा गिरफ्तारहरुलाइ तुरुन्त रिहा नगरे संगठनले ससक्त संघर्ष गर्न बाध्य हुने जनाएको छ । संघर्षबाट आउने परिणामको जिम्मेवार स्वयं सामाजिक दलाल सरकार हुने उक्त सगठन ले जनाएको छ ।