पत्रकार सम्मेलनबाटै गिरफ्तार गरिएका नेता तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं , २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्रि , केन्द्रिय सदस्यहरु शिशिर थापा , टेक प्रधान , ईश्वर बुढाथोकी , लगायतलाइ मजदुर नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई महासङ्घको गत बैशाख २० गते पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थल संवाद डबलीवाट गिरफ्तार गरिएको हो ।
यसैबीच , अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घका महासचिव शुसिलले विज्ञप्ती निकालेर राजनितिक र बिचार स्वतन्त्रताको ग्यारेन्टी संबिधानत ब्यबस्था भए पनि बर्तमान सामाजिक दलाल सरकारले उक्त संबैधानिक ब्यबस्थाको धज्जिउडाउदै गरेको गिरफ्तारी एब हिरासत राख्ने कार्य गरेको भन्दै घोर भत्सर्ना गरेका छन । उनले प्रहरीद्वारा गिरफ्तार गरिएका केन्द्रिय अध्यक्ष झाक्री लगायत सबै नेताहरुलाइ बिनासर्त यथासिघ्र रिहागर्न पनि माग गरेका छन ।
महासचिव शुसिलद्वारा बिज्ञप्तीमा भनिएको छ – ‘श्रमजिबि मजदुर वर्गको हक , हित र अधिकारको पक्षमा संघर्षरत हाम्रो गौरबशाली संगठको राजनैतिक एब पेशागत अधिकार प्राप्तिका आवाजहरु बाट बर्तमान सामाजिक दलाल सरकार तथा दलाल सत्ता भयभित भइ मजदुर नेताहरुलाइ धर पकड तथा गिरफ्तारि गर्ने कार्य तुरुन्त नरोके तथा गिरफ्तार कमरेडहरुलाइ तुरुन्त रिहा नगरे हाम्रो संगठन ससक्त संघर्ष गर्न बाध्य हुने छौ ।’
यस बिषयमा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घका महासचिव शुसिलले जारी गरेको विज्ञप्ती यस्तो छ –
“अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघको वैशाख १८–२० पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनले लिइएका महत्वपूर्ण निर्णयहरू सम्प्रेषण गर्न आयोजित पत्रकार सम्मेलन कक्षबाट मजुदर नेताहरूलाई प्रहरीद्वारा गिरफ्तार गरिएको छ । अनामनगरस्थित संवाद डबलीबाट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघका केन्द्रीय अध्यक्ष अमर झाँक्रीसहित महासङघका केन्द्रीय सचिव देव परियार र केन्द्रीय सदस्यहरू शिशिर थापा, एलवी बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खडका, भीम अधिकारी, केशवबहाुर बुढा, विनोद श्रीपाइली, शिव परियार र नितु शाहलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । शान्तिपूर्ण भेला, सम्मेलन, संगठन गर्न पाउने तथा राजनीतिक विचार स्वतन्त्रताको ग्यारेन्टी उनीहरू आफैँले जारी गरेको संविधान व्यवस्था भए पनि वर्तमान सामाजिक दलाल सरकारले उक्त संवैधानिक व्यवस्थाको धज्जी उडाउँदै गरेको गिरफ्तारी एवं हिरासत राख्ने कार्यको हाम्रो संगठन घोर भत्र्सना गर्दछ । साथै, प्रहरीद्वारा गिरफ्तार गरिएका केन्द्रीय अध्यक्ष कमरेड अमर झाक्रीलगायत सबै कमरेडहरूलाइ बिनासर्त र यथाशीघ्र रिहा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । श्रमजीवी मजदुरवर्गको हक, हित र अधिकारको पक्षमा संघर्षरत हाम्रो गौरवशाली संगठनको राजनीतिक एवं पेसागत अधिकार प्राप्तिका आवाजहरूबाट वर्तमान सामाजिक दलाल सरकार तथा दलाल सत्ता भयभीत भई मजदुर नेताहरूलाइ धरपकड तथा गिरफ्तारी गर्ने कार्य तुरुन्त नरोके तथा गिरफ्तार कमरेडहरूलाइ तुरुन्त रिहा नगरे हाम्रो संगठन सशक्त संघर्ष गर्न बाध्य हुनेछ । यसप्रकारको प्रतिरोधी संघर्षबाट आउने परिणामको जिम्मेवार स्वयं सामाजिक दलाल सरकार हुने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौ । ”