योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित पक्राउ

२०७५ बैशाख २५ गते, मंगलवार

काठमाडौं , २५ बैशाख । प्रहरीले योङ्ग रेड फोर्स, नेपालका केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफ्तार गरेको छ । उनलाई महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरिएको हो । प्रहरीले आफ्ना केन्द्रीय सदस्य रोहित ढकाललाई गिरफतार गरेको प्रति उक्त संगठनका महासचिव पटन जंगलीलेघोर आपत्ति जनाएका छन । उक्त संगठनका महासचिव पटन जंगलीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै “कथित लोकतन्त्रका नाममा भएको व्यापक भ्रष्टाचार, करको नाममा भइरहेका बर्मलुटसँगै जनताले अधिकारका विषयमा सम्पूर्ण युवा तथा जनसमुदायसम्म चिरफार गरि सबैलाई सचेत गराई रहेको कुरा स्पष्ट छ ।” आफ्नो संगठन राष्टियता, जनजीविका र आम युवाको अधिकारका पक्षमा वैज्ञानिक समाजवादका लागि युवा अभियान जारी रहेको उनले बताएका छन् । साथै, गिरफ्तार गएिका ढकाललाई बिनाशर्त रिहा गर्न जोडदार माग गरेका छन् । रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ ।
महासचिव पटन जंगलीले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]