अदालतबाट रिहा भए लगतै पुन: पक्राउ

२०७५ बैशाख २६ गते, बुधबार

काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री र झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्गलाई मंगलबार रिहा हुनवित्तिकै प्रहरीले पुन पक्राउ गरेको छ । दुवै जनालाई जिल्ला अदालत झापाको आदेशमा रिहा गरेपनि प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । यस अघि जिल्ला कारागार झापामा रहेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी चलान गरिएको छ । उनीहरुलाई गत चैत्र १५ गते बुद्ध शान्ती गाउँपालिकामा एनसेल टावरमाथि भएको आगजनीको आरोपमा घरमा बसिरहेका बेला झापा प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेश रिहा भएका उनीहरुलाई अनाहकमा प्रशासनले दुःख दिएको नेकपा झापा सेक्रेटरी सौगात आचार्यले बताएका छन् । सेक्रेटरी सौगातले राज्यको यस्तो घिनलाग्दो रवैयका विरुद्ध प्रतिरोध संघर्षमा उत्रने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]