प्रचण्ड गठबन्धन र ओली सरकारको जंगली रवैया , जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा

२०७५ बैशाख २६ गते, बुधबार

काठमाडौं, २६ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको ठोकुवा गरेका छन । उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन – “केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको हाम्रो पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको छ । हाम्रो पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरप्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग गर्दछ । ”
उनले पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथि हस्तक्षेप गरि पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष क.संजीव (अमर झाँक्री), सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधानलगायत ८ जनालाई गिरप्तार गरेकोमा आपत्ति समेत जनाउदै गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग समेत गरेकाछन् ।
यसै गरी उनले जारी गरेको बिज्ञप्तिमा ” देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन न प्रचण्डले, न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन ” उल्लेख गरिएको छ ।
प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन – “वाम भनिएको गठबन्धन र ओली सरकारलाई हाम्रो चुनौति के छ भने नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिसंग खेलवाड नगर ! यो त नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित नेपाली सर्वहारा क्रान्ति हो ।” प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको मुख्य उद्देश्य दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवं नेपाली श्रमजीवी जनताको मुक्ति रहेको समेत बताएका छन ।
यस बिषयमा नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –
” १) हाम्रो पार्टीको मजदुर संगठनको भरखरै पोखरामा राष्ट्रिय सम्मेलन सम्पन्न भएर काठमाण्डौं अनाम नगर स्थित संवाद डबलीको हलमा वैशाख २५ गते दिउँसो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरि राखेको बेला पत्रकार सम्मेलनमाथि हस्तक्षेप गरि पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष क.संजीव (अमर झाँक्री), सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधान गरी ८ जनालाई गिरप्तार ग¥यो । केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको हाम्रो पार्टी, जन संगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको छ । हाम्रो पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरप्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग गर्दछ ।
२) देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन न प्रचण्डले, न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन ।
३) ओली सरकारले मजदुर संगठनको पत्रकार सम्मेलनमा घटाएको यो घटना र सरकार बने देखि हाम्रो पार्टी र एकीकृत जनक्रान्तिका विरुद्ध श्रृखलावद्ध घटाइएका दमनका जंगली घटनाहरुले यो गठबन्धन र सरकार प्रतिक्रान्तिको मसिया हो भन्ने विषय प्रष्ट हुन्छ । यसले नेपाली जनताको संघर्षबाट हासिल भएका राष्ट्रिय स्वाधिनता र जनताका राजनैतिक अधिकारसंग सम्बन्धी उपलब्धीहरुलाई मात्रै सिध्याउदै छैन कि आफैले बनाएको संविधान र त्यसले व्यवस्था गरेको मौलिक अधिकार समेतको खिल्ली उडाउदैछ । यसको बलियो सबुत भारत भ्रमणको बेला गरेको “प्याकेज राष्ट्रघात”, नेपाली जनक्रान्ति एवं जनताको राजनैतिक संघर्षका विरुद्ध विगतका सबै सरकारलाई माथ गर्ने गरी गरिराखेको आततायी दमन र मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको आक्रमण हो । जुन “सामाजिक दलाल अधिनायकवादी” छ ।
४) वाम भनिएको गठबन्धन र ओली सरकारलाई हाम्रो चुनौति के छ भने नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिसंग खेलवाड नगर ! यो त नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित नेपाली सर्वहारा क्रान्ति हो । दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवं नेपाली श्रमजीवी जनताको मुक्ति यसको उद्देश्य छ । ”

प्रतिक्रियाहरु

[anycomment]