ओली सरकार मोदीको पिछलगु : प्रकाण्ड

काठमाडौं, २७ बैशाख । नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न कडा चेतावनी दिदै बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट भएको ठोकुवा गरेका छन । । उनले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन – ‘ देशको छातीमा भारतीय साम्राज्यवादी शासक र उसको सेनाले ताण्डव नृत्य चलाइरहदा प्रधानमन्त्री ओलीको कथित राष्ट्रवाद पाखण्डीे र त्यो अहिले चिहानमा पुरिएको देखिन्छ । नत्र ओली सरकार किन चुइक्क बोल्दैनन् र सुतूरमुर्ग झै मोदीको पिछलगु भैराखेको छ ? यसर्थ मोदीको सैन्य हर्कतको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । भारतीय सैन्य फोर्स यथाशिघ्र फिर्ता गरी नेपाली सुरक्षा व्यवस्था कायम गर्न ओली सरकारलाई पार्टी आग्रह गर्दछ । ‘
प्रवक्ता प्रकाण्डले मोदीको भ्रमणको नाममा भारतले नेपालको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा निम्त्याएको बताउदै सुरक्षा खतराको नाममा सयौंको संख्यमा भारतीयले सेना जनकपुर, काठमाडौँ र मुस्ताङमा हतियारसहित परेड खेलेर मोदी सरकारले कुटनैतिक सिद्धान्तको उल्लंघन गरेको बताएका छन ।
प्रवक्ता प्रकाण्डले मोदीको सुरक्षा खतराको नाटक गरेर भारतीय सेनालाई नेपालीभूमिमाथि मार्च पास गर्न लगाएको ठोकुवा समेत गरेका छन् । “सुरक्षा खतराको कलाविहिन नाटक गरेर प्रधानमन्त्री मोदीले भारतीय सेनाको सयौंको संख्यामा शक्तिलाई आधुनिक सैन्य उपकरणसहित जनकपुर, काठमाडाै र मुस्ताङ्गमा मार्च गराइराखेका छन् । सुरक्षा चुनौंतीको आवरणमा मोदी सरकारले कुटनैतिक सिद्धान्तको मात्र उल्लंघन गरेको छैन कि नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गर्न गएको छ । यसले देशको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिएको छ । हाम्रो देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको छ” प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले भारतीय सेनाको नेपालीभूमिमा ताण्डव देखाइरहँदा समेत चुइँक्क नबोल्दा प्रधानमन्त्री ओलीको राष्ट्रवाद पाखण्डी मात्र भएको पुष्टि भएको र अहिले चिहानमा पुरिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासलाई उछिन्ने गरी मोदीसँग राष्ट्रघाती सम्झौता गर्न लागेको भन्दै प्रवक्ता प्रकाण्डले स्वाभिमान र आफ्नो अधिकारको लागि संघर्षमा उत्रन सबैलाई अपील समेत गरेका छन् ।
विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले नेपालको प्रकृतिका साधन, स्रोतमाथिको जनताको अधिकारविरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसपर्ण नगर्न प्रधानमन्त्री ओलीलाई कडा चेतावनी दिएका छन् । यसमा बल मिच्याई गरे पाच्य नहुने भन्दै परिणाम गम्भीर हुने बताएका छन् । साथै अपर कर्णाली र अरुण तेश्रो परियोजना कार्यान्वयन नगर्न समेत चेतावनी दिएका छन् ।
“प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहान्छ । बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट गर्न चाहान्छ” विज्ञप्तिमा उल्लेख छ ।
मोदीलाई सुरक्षा खतरा हुन सक्ने भन्दै सरकारले नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरिरहेको छ । जेल हाल्ने र यातना दिने काम गरिरहेकाे छ । जसको नागरिक स्तरबाट सरकारको चर्काे अालोचना भइरहेको छ ।
यस बिषयमा नेपाल कम्यूनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस्तो छ –“भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तालीकामा नेपालको के.पी. ओली सरकारले ल्याप्चे लगाए पछि २ दिनको निम्ति मोदी भोली नेपाल आउदै छन । दुई दिन नेपाल रहँदा नेपालको राष्ट्रिय हित र स्वाधिनताका विरुद्ध हुने गोप्य र खुला सहमति एवं सम्झांैताबारे पार्टीको धारणा सार्वजनीक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।
१) सन् १९५० देखि अपर कर्णाली र अरुण तेश्रो सम्झौंतासम्म नेपाल र भारतका शासक वर्ग बीच भएका सन्धी र सम्झांैताहरु नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको हित विरुद्ध रहेका छन । आफ्नो देशको सार्वभौमिकता र आफ्नो हित विपरित दुई देशका शासक वर्गले आफ्नो सत्ता र कूर्सीको स्वार्थ केन्द्रीत गरेका असमान सन्धी र सम्झौंताका विरुद्ध नेपाली जनताले अनवरत संघर्ष गर्दै आएका छन । जसको परिणाम सम्झौंताकर्ताले सम्झौंताको बेलगाम कार्यन्वयन गर्न सकेनन् । अपर कर्णाली र अरुण तेश्रो परियोजना कार्यन्वयन नहुनु त्यसको परिणाम हो । अहिले आएर फेरी मोदी र ओलीले संयुक्त उद्घाटन गर्ने रणनीति बनाएका छन् । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित र नेपालको प्राकृतिक साधन श्रोतमाथि नेपाली जनताको अधिकारका विरुद्ध हस्तक्षेप, खेलवाड र आत्मसमर्पण नगर्न हाम्रो पार्टी कडा चेतावनी दिन चाहान्छ । बल मिच्याई गरियो भने नेपाली जनतालाई पाच्य नहुने र त्यसको परिणाम गम्भिर हुने कुरा समेत स्पष्ट गर्न चाहान्छ ।
२) सुरक्षा खतराको कलाविहिन नाटक गरेर प्रधानमन्त्री मोदीले भारतीय सेनाको सयौंको संख्यामा शक्तिलाई आधुनिक सैन्य उपकरण सहित जनकपुर, काठमाण्डौं र मुस्ताङ्गमा मार्च गराई राखेका छन । सुरक्षा चुनौंतीको आवरणमा मोदी सरकारले कुटनैतिक सिद्धान्तको मात्र उलंघन गरेको छैन कि नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमाथि ठाडो हस्तक्षेप गर्न गएको छ । यसले देशको सुरक्षा शक्ति र प्रणालीलाई नै चुनौंती दिएको छ । हाम्रो देशको स्वाधिनता, सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथि गम्भिर खतरा निम्त्याएको छ । देशको छातीमा भारतीय साम्राज्यवादी शासक र उसको सेनाले ताण्डव नृत्य चलाइरहदा प्रधानमन्त्री ओलीको कथित राष्ट्रवाद पाखण्डीे र त्यो अहिले चिहानमा पुरिएको देखिन्छ । नत्र ओली सरकार किन चुइक्क बोल्दैनन् र सुतूरमुर्ग झै मोदीको पिछलगु भैराखेको छ ? यसर्थ मोदीको सैन्य हर्कतको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । भारतीय सैन्य फोर्स यथाशिघ्र फिर्ता गरी नेपाली सुरक्षा व्यवस्था कायम गर्न ओली सरकारलाई पार्टी आग्रह गर्दछ ।
३) गत वैशाख २० गते कंचनपुर जिल्ला पूर्नवास गाउँमा जनताले नेपाली भूमिभित्र नहर खन्दा भारतीय क्क्द्य ले नेपाली भूमिमा प्रवेश गरी जनतामाथि गरेको हस्तक्षेप र ४ जना युवा विद्यार्थीलाई गरेको गिरप्तारीको हाम्रो पार्टी कडा विरोध गर्दछ । आगामी यस्तो गल्ती नगर्न सम्बन्धीत पक्षलाई कडा चेतावनी पनि दिन चाहान्छ ।
४) माओवादी कम्युनिस्ट पार्टीको नेतृत्वमा भारतीय श्रमजीवी जनताले विगत देखि संचालन गरिराखेको जनयुद्धका विरुद्ध मोदी सरकारले चलाएको अप्रेशन, हत्या, आतंक र दमनको हाम्रो पार्टी कडा विरोध गर्दछ । भारतीय माओवादी र जनतामाथिको पासविक दमन तुरुन्त बन्द गर्न भारत सरकारसंग जोडदार माग गर्दछ ।
५) नेपाल राष्ट्रको सार्वभौमिकता एवं स्वाधिनता र नेपाली जनताको स्वाभिमान एवं हित भारतीय शासक वर्गको हस्तक्षेपकारी चरित्र र नेपालका शासक वर्गको आत्मसमर्पणवादी, पाखण्डी, दलाली र नालायकीपनाका कारण सन् १९५० देखि पटक–पटक भारतीय शासक वर्गको अतिक्रमण र नेपालका शासक वर्गको राष्ट्रघात तथा जनघातको सिकार हुन पुग्यो । अहिले आएर मोदी र ओलीको बीचमा हुने सहमती र संझौता इतिहासलाई उछिन्ने गरी राष्ट्रघाती र जनघाती हुने कुरामा दुई मत छैन । यसको चौतर्फी निन्दा, विरोध, भण्डाफोर र संघर्षमा उत्रिन राष्ट्रप्रेमी, स्वाभिमानी र आफ्नो अधिकारका पक्षधर आम नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । ”