वैद्य माओवादीको कार्यालयमा प्रहरी छापा

काठमाडौँ,२८ बैशाख । नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालयमा प्रहरीले छापा मारेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यालयमा छापामा मारेर प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । असनस्थित जिल्ला कार्यालयमा बसिरहेका क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जनसहित ६ जनालाई प्रहरीले गिरफ्तार क्रान्तिकारी माओवादीले जनाएको छ ।
त्यसैगरी प्रहरीले पार्टी केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, गोर्की श्रेष्ठ, बोधराज श्रेष्ठ, विकास तामाङ र प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम पवनमान श्रेष्ठ, केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, शारदा महतलगायत नेताहरुलाई गिरफ्तार गर्न प्रहरीले बल प्रयोग गरेपनि कार्यकर्ताले प्रतिवाद गरेका थिए । गिरफ्तार नेताहरुलाई प्रहरी सेवा विशालबजारमा राखिएको बताइएको छ ।
यसैबीच क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले शुक्रबारै विज्ञप्ति जारी गरेर प्रहरीले पार्टी कार्यालयमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । मोदीको सुरक्षाका बहानामा सरकरले निरंकुशता देखाएको वैद्यले विरोध गरेका छन् । गिरफ्तार नेताहरुलाई रिहाई गर्न महासचिव वैद्यले माग गरेका छन् । यसैगरी अरुण तेस्रोको सिलन्यास र मोदीलाई गरिएको अभिनन्दनको विरोध गर्दै अनसन बसेका क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी एक दर्जन नेताहरु गिरफ्तार गरेको छ । विहान १० बजेबाट अखिल(क्रान्तिकारी)ले त्रिभुवन बिश्वविद्यालय केन्द्रीय क्याम्पसमा राखेको थियो । रिले अनसनमा बसेका विध्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा का काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल, मनोविज्ञान शर्मा, त्रि.वि. क्याम्पस अध्यक्ष हेमराज शर्मा, सुरज आचार्य, विनोद के.सी. र सुजन सापकोटा लगायतका विध्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।े गिरफ्तार गरिएका नेताहरुलाई कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ । क्रान्तिकारी माओवादीका काठमाडौं इन्चार्ज सुरेश श्रेष्ठले गिरफ्तार गरिएका सबै विध्यार्थी नेताहरुलाई विना सर्त रिहाई गर्न माग गरेका छन् ।