भोलिको नेपाल बन्द भयानक हुने , १४ संगठनद्वारा एक्यबद्धता

२०७५ बैशाख २९ गते, शनिबार

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि बैशाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । महासचिव विप्लवले आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । महासचिव विप्लवद्वारा विज्ञप्ति जारी गर्दै भोलि बैशाख ३० गते नेपाल बन्दमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरेका छन ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले भोलिको लागि घोषणा गरेको नेपाल बन्दप्रति एक्यवद्धता जनाउँदै सफल पार्न विभिन्न १४ संगठनले संयुक्त रुपमा अपील गरेका छन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भएका राष्ट्रहित विपरित कार्यको विरोधमा अाह्वान गरिएको नेपाल बन्दलाई सफल पार्नुपर्ने बताएका छन् । संगठनका अध्यक्ष तथा पदाधिकारीले संयुक्त जारी गरेको विज्ञप्तिमा बन्द गर्नुका १० बुँदाका अगाडि सारिएको छ ।
भोलिको बन्दमा एक्यबद्धता जनाउदै १४ संगठनद्वारा जारी १० बुँदाहरु यस प्रकारक छन –
१. निर्दोष जनता तथा राजनीतिक दलका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, चरम यातना दिने, झुठा मुद्दा लगाउने र बेपत्ता पार्नेलगायतका कार्य गरेको ।
२. तानाशाही, फासीवादी ढंगले कथित संविधानप्रदत्त विरोध तथा असन्तुष्टी व्यक्त गर्ने नैसर्गिक अधिकार हनन गरेको ।
३. राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता, सार्वभौमिकता र अरुण–३ जस्ता प्राकृतिक स्रोत–साधन लिलाम गरी नाङ्गोरुपमा दलालीकरण गरेको ।
४. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको नाममा तथाकथित सुरक्षा संवेदनशीलता देखाई नेपाली भूमिमा हतियारधारी भारतीय सेना र जासुशलाई परेड खेलाउने तथा रणनीतिक महत्वका मुस्ताङ्गलगायतका स्थानमा सैन्य विमानमार्फत त्रास फैलाई नेपाली सार्वभौमिकता र नेपाली सुरक्षा प्रणालीको मनोवल गिराएको ।
५. सरकारी हर्कतका विरुद्ध जनस्तरबाट भइरहेका विरोध तथा असन्तुष्टीलाई समर्थन र ऐक्यवद्धता जनाउन ।
६. विगतदेखिका राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्नुको सट्टा जलस्रोत तथा मौलिक पूर्वाधार विकासमाथि नेपाली जनताको अधिकार अन्त्य गर्न जल तथा रेल यातायातको नाममा थप राष्ट्रघाती सहमतिहरु गरेको ।
७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, दैनिक जनजीविकाको लागि अत्यावश्यक वस्तु तथा सेवामा सरकार संरक्षित कार्टेलिङ र भ्रष्टाचार गरेको ।
८. ओली–पुष्पकमल गुटले नेपाली जनताको २०० वर्षदेखिको देशभक्तिपूर्ण संवेदना र पछिल्लो समयको नाकाबन्दीको चोटलाई Emotionally Blackmail समाजवादको नाममा दलाल पुँजीवादको सेवा गरेको ।
९. राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा जनअधिकारप्राप्तीको लागि भएका आन्दोलन दबाउने अपराधी र तिनका मतियारलाई सहयोग गरेको
१०. एक प्रतिशतको हितका लागि सृजित वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत ९९ प्रतिशत जनताको नेतृत्वको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न ।
अपील गर्ने संगठनहरु

प्रतिक्रियाहरु

[anycomment]