अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्त रुपमा सो बिरोध प्रदर्शन गरेका हुन् । नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले संयुक्त रुपमा गरेको सो बिरोध प्रदर्शन नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलकाे नेतृत्वमा सम्पन्न भएको छ । काठमाडौँको सुन्धारादेखि न्युराेड पिपलबाेटसम्म -र्याली र नाराजुलुशसहित भएको सो बिरोध प्रदशन काेणसभा गरेर टुंगिएको छ ।