आज नेपाल बन्द, ठाउ ठाउमा आगजनी र बम विस्फोट

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौँ, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।
त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । बन्दकर्ताहरुले बाटो अबरोध झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।
त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । बन्दकर्ता राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]