बस र ट्रकमा आगजनी

काठमाडौं, ३० बैशाख । सुर्योदय यातायात प्रालिको बसमा बम विस्फोट भएको छ । विस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यसैगरी झापाको बुट्टाबारिमा पनि बम फेला परेको छ । बन्दकर्ताहरुले बाटो अबरोध गरेपछि त्यहाँबाट सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । विस्फोटबाट केही क्षती पुगेको छैन । तर माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले सवारी सधन चलाउन दिएको छैन । त्यस्तै, झापाको सितापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकलाई ढुङ्गा प्रहार गरेका छन् । बन्दको कारण यतिबेला लामो तथा छोटो दुरिका सवारि साधन चल्न सकेका छैनन् भने यातायात, कलकारखाना, शैक्षिक संस्था, सरकारी कार्यालय बन्द रहेका छन् ।
यता , पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको हो । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युतको तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।