मोदीको भ्रमण नेपालको प्राकृतिक सम्पदा हडप्ने षड्यन्त्र

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले अरुण ३ परियोजनाको शिलन्यास, कोशी बाँधको गोप्य समझदारी र अन्तराष्ट्रिय नियम अनुसार नेपालले पाउनुपर्ने पारवहन सुविधा र जल मार्गका लागि घुमाउरो भाषा प्रयोग गरी नेपालका सबै नदि नाला तथा प्राकृतिक सम्पदा हडप्ने षड्यन्त्र गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई धार्मिक एवं सद्भाव भ्रमण भनिएपनि यो भ्रमणले नेपाललाई दिर्घकालीन रुपमा नोक्सान पु-याएको उनको ठोकुवा छ ।
नेकपाका अन्तराष्ट्रिय विभाग इन्चार्ज समेत रहेका बास्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्रीको जनकपुरदेखी मुस्ताङसम्मको भ्रमणमा नेपाली दलालहरुले निकै तल्लो स्तरमा चाकडि गरेको र त्यो तत्कालीन साम्राज्यवादी मुलुक बेलायती महारानी भिक्टोरीयले भारत भ्रमण गर्दा त्यहाँका नेताहरुले गरेको चाकडिको झल्को दिएको बताएका छन । साथै, भारतमा ग्रिनहण्ड नाम दिएको नरसंहार अभियानमा भारतीय शासकहरुले सयौंको संख्यामा भारतीय कम्युनिस्ट पार्टी(माओवादी) र हजारौंको संख्यामा माओवादी समर्थक जनताको हत्या गरेको उल्लेख गर्दै नेता कन्चनले त्यो हत्या एवं दमनको भारत नेपाल लगायत विश्वभरीका मुक्तिकामी जनताले विरोध गर्दै आएको जनाएका छन् । अन्तराष्ट्रिय विभाग इन्चार्ज समेत रहेका बास्तोलाले विज्ञप्तिमार्फत भारतीय माओवादीहरुमाथि गरिएको दमन बन्द गर्न त्यहाँको सरकारसँग माग गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले जारी गरेको विज्ञप्तिकाे पूर्णपाठ –