‘रूपमा एकताको झल्को आएपनि सारमा माओवादीको एमालेकरण नै हो’

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माके- एमाले एकता रूपमा एकताको झल्को आएपनि सारमा माओवादीको एमालेकरण नै भएको ठोकुवा गरेका छन् । उनले एमालेसँग एकतापछि बनेको नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी दुबै नभएको समेत बताएका छन् । न्यौपानले रुपमा अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण भएको ठोकुवा गरेका छन् । “रूपमा अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण नै हो” न्यौपानेले सामाजिक संजालमै लेखेका छन् ।
नयाँ पार्टीले खुशीयालीमा बालुवाटारमा रात्रिभोजका आयोजना गरेकै बेला न्यौपानेले फेसबुकमा एमालेबारे आफ्नो धारणा सार्वजनिक गरे । उनले आफू भोजमा नगएको सार्वजनिक रुपमै भने । एकता चुनावी लाइन र राजनीतिक वंश एउटै भएकोले मिलन ठिकै भएपनि मुल रुपमा नयाँ पार्टी माक्र्सवादी र लेनिनवादी भन्दै न्यौपानेले लेखेका छन्, “हामी लेनिनवादी होइनौं किन लेनिनवाद लेख्ने, शास्त्रीय रूपमा हामी माक्र्सवादी पनि होइनौ तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ, यसकारण मार्क्सवाद लेख्ने कुरा सही ।” न्यौपानले माओवादी केन्द्रभित्र केही मान्छेहरुको डरलाग्दा दादागिरी चलेको भन्दै अब पार्टी विधि र प्रक्रियामा चल्ने आशा गर्दै लेख्छन्, “माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि यसको अन्त्य खुसीको कुरा, अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी ।
यस्तो छ न्यौपानेको स्टाटस
“चुनावी राजनीतिक लाइन एउटै भएका र एउटै वंशका दुई पार्टी मिल्ने कुरा सही इमान्दार हुँदा मात्रात्मक परिवर्तनबाट गुणात्मकतातिर पाइला चाल्न सकिन्छ एकता सही, माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि यसको अन्त्य खुसीको कुरा । अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी । हामी लेनिनवादी होइनौं किन लेनिनवाद लेख्ने ? शास्त्रीय रूपमा हामी माक्र्सवादी पनि होइनौं तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ, यसकारण माक्र्सवाद लेख्ने कुरा सही । रूपमा अलिअलि एकताको झल्को आएपनि सारमा र खासमा माओवादीको एमालेकरण नै हो !
माओवादीलाई हाम्रो लाइनमा ल्याइयो भनेर भूपु एमालेजन नमात्तियौं, नयाँ क्रान्तिको दिशा भनेर भूपु माओवादीजन उत्ताउलो नबनौ
केन्द्रीय सदस्यको सपथ खाइयो तर वालुवाटारको रात्री भोजमा गइएन् ।”

प्रतिक्रियाहरु

[anycomment]