अखिल क्रान्तिकारीद्वारा त्रिबिसमक्ष ९ बुँदे माग पत्र पेस

काठमाडौं, ११ जेठ । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा सुधारको माग गर्दै ९ बुँदे माग पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा केहि जिम्मेवार व्यक्तिले निजि संघ सस्थालाई यो या त्यो बहानामा बिद्यार्थीको हित बिपरित भित्र्याउने गरेकोमा गम्भीर ध्यान आकर्षण भएको जनाउदै ९ बुँदे माग पत्र बुझाएको हो । उसले ७ दिनभित्र उक्त मागहरुको सम्बोधन नभए अान्दोलनमा जान बाध्य हुने समेत बताएको छ । संगठनका केन्द्रीय सदस्य कलम बडुवालकाे नेतृत्वमा आज गएकाे विद्यार्थीको टाेलीले सो माग पत्र बुझाएको हो ।