नेकपा अण्डरलाइन र फोरमबीच दुईबुँदे सहमति

२०७५ जेष्ठ १४ गते, सोमबार

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टी अण्डरलाइन र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । बालुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । बैठकमा सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति भपछि उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ । ‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ भने दोस्रो बुँदामा फोरम ओली सरकारमा सहभागी हुने उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]