बोगटीलाई बिनासर्त रिहा गर्न माग

काठमाडौं, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटीलाई प्रशासनले ज्यान मुद्दा लगाउने तयारी गरेपछि जनसाँस्कृतिक महासंघले रिहाईको लागि पहल गर्न पत्रकार, मानवअधिकार तथा कानूनी व्यवसायहरुसँग अपिल गरेको छ । बोगटीलाई प्रहरीले जेठ १ गते काठमाडौंको बागबजारबाट गिरफ्तार गरेको थियो । उनीमाथि मध्यपुरठिमी नगरपालिकाका मेयरमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।
भक्तपुर प्रशासनले जेठ ११ गते पाँच दिनको म्याप थप गरी बोगटीलाई अनुसन्धानमा राखिएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव समेत रहेका बोगटीले प्रशासनले लगाएको आरोप ठाडो अस्वीकार गरेका छन् ।
बोगटीलाई बिनाकारण झुठा आरोपमा गिरफ्तार गरी ज्यान मुद्दा लगाउनेका कोशिस गृह प्रशासनले गरेको भन्दै जनसाँस्कृतिक महासंघले आपत्ति जनाएको छ । महासंघले सचिव बोगटीलाई बिनासर्त तत्काल रिहा गर्न माग समेत गरेको छ ।