प्रहरीद्वारा षड्यन्त्र , जनअदालतले कारबाही गर्ने

काठमाडौं, १५ जेठ । झापा, बिर्तामोड नगरपालिका वार्ड नं. ५ स्थित जात्रुबाडी निवासी सुरेन्द्र राजबंशीलाइ अपहरण गरेर भारत पुर्याइ २०७४ फाल्गुण ९ गते हत्या गरिएको घटना सार्बजानिक भएको छ । मृतक राजबंशिलाइ हत्या अघिपनि हत्या प्रयास भएको पारिवारिक श्रोतले बताएको छ । उनलाइ पहिला गोलि प्रहार गरिएको भएतापनि उनी वच्न सकेका थिए । जग्गाको बिषयलाई लिएर सुरु भएको बिबादले अन्तत: उनको हत्या भएको हो । यस घटनालाइ लिएर नेपाल कम्युनिस्ट पार्टी झापाले एक बिग्यप्ति जारी गरेको छ । झापाका सेक्रेटरी सौगात आचार्यद्वारा हस्ताक्षरित बिग्यप्तीमा संबन्धित निकायले घटनाको छानबिन गरेर दोसिलाइ कार्बाही नगरे जन अदालतले कार्बाही गर्ने चेतावनी दिएका छन।
घटनाको नालिबेली यस्तो छ- मृतक सुरेन्द्र राजबंशिको नाममा भएको जग्गा बिर्तामोडका स्थानिय गुण्डा टेक लिम्बू र प्रहरिका घुमुवा असइ अम्बिका पोख्रेलले खरिद गर्ने भनी जग्गाको मोल १६ करोड ५० लाख राखेको र उक्त मुल्यमा सहमती गरि जग्गा खरिद गर्न बैना स्वरुप मृतकलाइ २५ लाख दिएको परिवारिक श्रोत बताउछ । तर पछि बुज्दै जांदा प्रहरी अम्बिका पोख्रेल र गुण्डा टेक लिम्बुले उक्त जग्गा बापत एक मारवाडी संग १ करोड ५० लाख लिएर मृतकलाइ २५ लाख दिएको बुझ्नमा आएको छ । जग्गा पास गर्न जबर्जस्ति गरेपछी नमान्दा उनको हत्या प्रयास भएको र पछि उनी मृतकलाइ अपहरण गरेर हत्या गरेपछी परिवारका सदस्यहरुलाइ प्रहरी अम्बिका र गुण्डा लिम्बुले हामिले १० करोड पैसा दिएको हुनाले बांकी ५ करोड लिएर जग्गा हाम्रो नाममा पास गर्दिनु भनी दबाब दिएको परिवारका एक सदस्यले बताएका छन । हत्या पछि किटानी जाहेरी दिन बिर्तामोड इलाका प्रहरी कार्यलयमा जांदा डिएसपि कृष्ण कोइरालाले जाहेरि लिन नमानेको पिडितहरुको भनाइ छ । त्यसपछी डिएसपी कोइरालाले मृतकको परिवारलाई फोन गरेर जग्गा पास गर्दीहाल्नुस त्यसपछी किटानी जाहेरी लिउंला भनी भनेको अडिओ टेप पनि सार्बजानिक भएको छ । यसले मृतक हत्यामा प्रहरी र गुण्डाको मिलेमतो रहेको आसंका उब्जिएको छ ।