नेकपाद्वारा नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष

२०७५ जेष्ठ १६ गते, बुधबार

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेको छ । नेकपाका केन्द्रीय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेका हुन् । क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुदासम्म सुशासन र समृद्धि नहुने भन्दै अब गाउँगाउँबाट जनसत्ता विस्तार गर्दै अघि बढ्ने र पुरानो सत्तालाई खाली गर्ने बताए ।
भेलाले विवेक लामा प्रमुख रहेको १५ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ । जसको उपप्रमुखमा टिकाप्रसाद बसरेल रहेका छन भने सदस्यहरुमा कमल घिसिङ, पाण्डव सुवेदी, श्याम श्रेष्ठ, रणबहादुर तामाङ, दिपक मगर, मनोज मगर, इन्द्र तामाङ, चित्रबहादुर भण्डारी र पार्वति तामाङ रहेका छन् ।
यस्तै भेलाले भावना गुुरुङलाई सभामुखमा चयन गरेको छ । तत्कालीन जनयुद्धको बेला ग्रामीण क्षेत्रकोे ८० प्रतिशत भूभागमा जनसत्ता स्थापना भएको थियो भने पुरानो सत्ता तथा सरकार सदरमुकाममा मात्र केन्द्रित थियो । अहिले पनि नेकपाले विभिन्न ठाउँमा जनपरिषद गठन गर्दै जनसत्ताको अभ्यास गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]