अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आन्दोलनको घोषणा

काठमाडौं, १८ जेठ । अखिल नेपाल ट्रेड युनियन महासङ्घले प्रहरी ज्यादतीबिरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासङ्घको शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको बताइएको । महासङ्घले अफ्ना केन्द्रीय अध्यक्ष अमर झाँक्रीलाई सर्वाेच्च अदालते रिहाई गरे पनि प्रहरीले उनलार्इ पुनः अदालत परिषरबाटै पक्राउ गरेकाे भन्दै जेठ १९ देखि असार १८ गते सम्म क्रमबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय उपाध्यक्ष विजयराज प्यासीले बताएका छन् । कार्यक्रमहरुमा २०७५ जेठ १९ गते सम्पूर्ण जिल्लाहरुमा विरोध र कोण सभा गर्ने, औद्योगिक क्षेत्रमा कालो व्यानर र कालो झण्डा गाड्ने, अन्तक्र्रिया आयोजना गर्ने र ठूलो कार्यक्रम गर्ने बताइएको छ ।