चुनढुंगा खानीमाथि जनकारवाही !

२०७५ जेष्ठ १९ गते, शनिबार

काठमाडौं , १९ जेठ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्गतको जनपरिषद् चितवनले चुनढुंगा खानीलाई जनकारवाही गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ । शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेको बताइएको छ ।
जनपरिषद्ले घटनास्थलमा छोडेको पर्चामा कम्पनीले सहमती कार्यान्वयन नगरेको, खानेपानी आपूर्ति नगरेको, जनताको जग्गा कटान भइरहेकोले तटबन्द नगरेको, सडक निर्माण नगरेको, उपरदाङ गढीको संरक्षणमा पहल नगरेको, खानीभन्दा माथिको बस्ती स्थानान्तरण गर्न बेवास्ता गरेको कारण आगजनी गरिएको उल्लेख छ ।
जनपरिषद् चितवनले उक्त चुनढुंगा खानीलाई जनकारवाही गर्नुका कारण यस्तो रहेको जनाएको छ –
१. खानेपानी आपुर्तीको काम नगरेको ।
२. जनताको जग्गा कटान भइरहेकोले तटबन्द नगरेको ।
३. सडक निर्माण नगरेको ।
४. उपरदाङ गढीको संरक्षणमा पहल नगरेको ।
५. खानीभन्दा माथिको बस्ती स्थानान्तरण गर्न बेवास्ता गरेको ।

प्रतिक्रियाहरु

[anycomment]