नेकपाद्वारा सुकुम्बासीको उठिबास लगाउन खोज्नेको जग्गा कब्जा

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद् रुपन्देहीले सुकुम्बासीको उठिबास लगाउन लागेको भन्दै जग्गा कब्जा गरेको घोषणा गर्दै झण्डा गाडेका छ । रुपन्देहीको सैनामैना नगरपालिका–९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो । जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै सैनामैना जनपरिषद्ले शनिबार मध्यरात कब्जाको घोषणा गरेको हो । कब्जा गरेको उक्त जग्गा उपभोग गर्दै आएका सुकुम्बासीहरुलाई हस्तान्तरण गरेको छ । जग्गा किनबेचको काम अगाडि बढाए कारवाही गर्ने चेतावनी समेत जनपरिषद्ले दिएको छ ।