जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार

२०७५ जेष्ठ २१ गते, सोमबार

काठमाडौं, २१ जेठ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी पर्वतका दुई स्थानीय नेतालाई गिरफ्तार गरेको छ । जिल्ला सदस्य धर्मराज पौडेल र जिल्ला जनपरिषद् प्रमुख ओमप्रसाद शर्मालाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सेक्रेटरी अल्बर्टले फलेवास नगरपालिका–५ मा स्काभेटरमा आगो आफ्नो पार्टीले नलगाएर विकासको नाममा खानेमा प्रतिस्पर्धा गर्नेहरुले धमिलो पानीमा माछा मारेको बताएका छन् । उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नभएको सार्वजनिक रुपमा जानकारी गराउँदागराउँदै पनि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि धरपकड र गिरफ्तार बढाएको भन्दै अल्बर्टले आपत्ति जनाएका छन् । गिरफ्तार नेताहरुलाई रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]