आज शैक्षिक हड्ताल

२०७५ जेष्ठ २१ गते, सोमबार

काठमाडौं, २१ जेठ । अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । उनीहरुले संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग समेत गरेका छन् । संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए । शैक्षिक मागसँगै सरकारले बढाएको पेटोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]