रक्सी बिक्री-वितरणमा रोक लगाउने निर्णय

२०७५ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं, २२ जेठ । नेकपाको जनपरिषद अछामले मदिराजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ । जनपरिषदको जेठ १९ गते बसेको दोस्रो बैठकले मदिराको जथाभावि बिक्रीले सामाजिक सुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहन गरेको, व्यक्तिगतको स्वास्थ्यमा गम्भीर असर परेको, गरिबी बढेकोले रोक लगाउने निर्णय गरेको जनपरिषदले जनाएको छ । जनपरिषद प्रमुख निरक शाहीले विज्ञप्ति जारी गर्दै १५ दिनभित्र अहिले भइरहेको मदिरा बिक्री वितरणलाई व्यस्थित गर्न समय समय दिइएको बताएका छन् ।
शाहीद्वारा जारी विज्ञप्तिमा – “जिल्लामा बिक्री वितरण भइरहेको मदिराले गर्दा समाजिका असुरक्षा बढेको, महिला हिंसाजन्य क्रियाकलापलाई प्रोत्साहित गरेको, व्यक्तिगत स्वास्थ्यमा गम्भीर असर परेको र आर्थिक गरिबी बढ्नुको साथै विभिन्न ढंगले जनताको जीवनस्तरमाथि खेलवाड भइरहेकोबारे जिल्लाबासीले व्यापक गुनासो समेत आइरहेको छ । जिल्लामा कुनैपनि मदिराजन्य पदार्थको बिक्री वितरणमाथि रोक लगाउने निर्णय गरिएको छ । यस निर्णयलाई कायान्वयन गर्नको लागि जिल्लास्थित राजनीतिक दल, पत्रकार, नागरिक समाज, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायत सम्पूर्ण जिल्लाबासीलाई जनसमुदाहरुलाई हार्दिक अपील गर्दछौं । यस निर्णयलाई कार्यान्वयन गर्न पूर्व १५ दिनभित्र बिक्री वितरण गरिरहेका व्यापारी व्यवसायीहरुलाई आफूसँग भएको मदिरा व्यवस्थि तगर्न र गराउनु अनुरोध गरिन्छ” उल्लेख छ ।
त्यसैगरी स्थानीय तहमा अनियमितता, ढिला सुस्तीबारे जनगुनासो परिषद्‍मा अाइरहेको भन्दै अनुगमन गरेर कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]