प्र अ शाहीलाई कालोमोसो

२०७५ जेष्ठ २२ गते, मंगलवार

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विद्यामन्दिर उच्च मावि अछामका प्रधानाध्यापक वीरबहादुर शाहीलाई कालोमोसो दलेको छ । प्रअ शाहीलाई मंगलबार बिहान १० बजे अछामको विनायकस्थित उच्च माविको अाफ्नै कार्यकक्षमै रहेका समयमा कालोमोसो दलिएको बताइएको छ । केही समयपहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो । प्रअ शाहीले मागको सुनुवाई गर्नुको साटो ताला फोडेर दादागिरी देखाएकोले चेतावनीस्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी अछामले जनाएको छ । बढाएको शुल्क तत्काल फिर्ता गर्न समेत क्रान्तिकारीले माग गरेको छ । आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]