पूर्व माकेका दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश

२०७५ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कालिकाेटमा स्थानीय जनताकाे विशाल सहभागितामा एकीकृत जनजागरणअभियान चलाएको छ । एकीकृत जनजागरण’ अभियान अन्तरगत जिल्लाभर साँस्कृतिक टोलीसहित नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा पुगेका छन् । नेकपाका पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनकाे नेतृत्वकाे अभियान टाेली जिल्लाका विभिन्न स्थानमा पुगेकाे छ । अभियानकै क्रममा बुधबार मुम्रामा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । साे कार्यक्रमबाट पूर्व एमाले र माओवादी केन्द्रका तीन दर्जन नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलार्इ पाेलिटव्युराे सदस्य अाेम प्रकाश पुनले अविर लगाएर स्वागत गरेका थिए ।
त्यसैगरी बुधबार कालिकाेटकै रास्कोटमा साँस्कृतिक कार्यक्रमसहित जनसभाको आयोजना गरिएको छ । नेकपाकाे एकीकृत जनजागरण अभियानले गाउँ गाउँमा पुगेर जनतालार्इ प्रशिक्षित गरेकाे नेकपाका नेताहरूले बताएका छन्। साथै अभियानले जनता र कार्यकर्तामा क्रान्तिकारी अाशा संचार पैदा गरेकाे नेकपाका नेताहरूकाे भनार्इ रहेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]