जनपरिषद नुवाकोटद्वारा सेरा दरबार कब्जा

काठमाडौं, २६ जेठ । नेकपानिकट ताम्सालिङ स्वायत्त प्रदेश अन्तर्गत नुवाकोट जनपरिषद्ले विवादित पुर्ब राज परिवारको जग्गा नियन्त्रणमा लिएको छ । जनपरिषद्ले नुवाकोटमा हेलेन शाह (पुर्व रानि)को नाममा दर्ता रहेको अन्नपूर्ण फार्मिङ प्रा.लि को १८१ रोपनी सेरा दरबार रहेको जग्गा नियन्त्रणमा लिएको हो । नुवाकोटको सेरादरबारमा रहेको पुर्ब राज परिवारको जग्गा हाल केही दलाल भुमाफिया हरुले कृषिट्रस्टको नाममा नाम सारी गरि बिकेश श्रेष्ठको नेतृत्वमा भोगचलन गरि अहिले किन बेच गर्न लागेको आरोप लागाउदै नुवाकोट जिल्ला जनपरिषद्ले आफ्नो नियन्त्रणमा लिएको हो । उक्त जग्गामा अब देखि कुनै चल्खेल नगर्न पनि जनपरिषदले निर्देशन गरेको छ । यसैगरी नुवाकोटको नै ककनीमा रहेको साझा र नेपाल सरकारको कित्ता नं. २८२ को जागा केही समयदेखि साझाले पसल राखी भोगचलन गर्दै आएको तर हाल उक्त जागा मा केही भुमाफियाको नेतृत्व मा किताकाट गरी किनबेच गर्न लागिएको हुँदा उक्त जग्गा पनि खरिद बिक्री गर्न नुवाकोट जनपरिषद्ले रोक लगाएको छ । साथै, यस बिचमा कसैले चलखेल गर्ने प्रयास गर्ने जनसरकारले कारबाही प्रक्रिया अगाडी बढाउने जिल्ला जनपरिषद्ले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।