अखिल क्रान्तिकारीका नेताको गिरफ्तारविरुद्ध मशाल जुलुस

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौ‌ं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध देशभर मशाल जुलुस निकालिएको छ । उनीहरुलाई प्रहरीले आज दिउँसो काठमाडौंको जोरपाटीबाट गिरफ्तार गरेको थियो । अखिल क्रान्तिकारीले गिरफ्तारीविरुद्ध नवलपुर, नवलपरासी, धनगढी, महेन्द्रनगर, नेपालगंज, विरगंजलगायत देशभर तत्काल रिहाइको माग गर्दै विद्यार्थीहरुले मशाल जुलुस निकालेका छन् ।
यसैगरी , ८ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेर तत्काल रिहा नगरे कडा अान्दोनलको घोषणा गर्न बाध्य हुने चेतावनी दिएका थिए । उनीहरुले अाफूहरुको अान्दोलन कमजोर पार्ने उद्देश्यले सरकारले ढकालसहितका विद्थार्थीहरुलाई गिरफ्तार गरेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]