अखिल क्रान्तिकारीका नेताको गिरफ्तारीविरुद्ध आन्दोलनको घोषणा

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौ‌ं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध आन्दोलनको घोषणा गरिएको छ । अाठ विद्यार्थी संगठनहरुले अाज साँझ संयुक्त विज्ञप्ति जारी गर्दै आठ विद्यार्थी संगठनकाे आन्दोलन सशक्त हुन थालेपछि सरकारले विना कारण गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छ ।
अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही,राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियुका सचिव पेशल दाहाल, समाजवादी विद्यार्थी फोरम, नेपालका अध्यक्ष विवेक राई, अनेरास्ववियु (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका संयोजक आलोक रायमाझी र राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले हस्ताक्षर गरेकाे संयुक्त बिज्ञप्तीमा अध्यक्ष ढकालसहित तीनै नेतालाई रिहा नगरे आफूहरु कडा आन्दोलन उत्रिने चेतावनी दिइएको छ ।“पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहाइई गर्न हामी ८
विद्यार्थी संगठन जोडदार माग गर्दछौं । हाम्रो मागलाई बेवास्ता गरिए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]