नेकपाद्वारा डा. देवकोटाप्रति श्रद्धाञ्जली

२०७५ असार ५ गते, मंगलवार

काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टीले वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका महासचिव विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ‘नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनु भएका लोकप्रिय एवं स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको असमायिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको छ’ विप्लबद्वारा विज्ञप्तिमा उल्लेख छ ।’ यसैगरी विप्लवले ‘डक्टर देवकोटा एक जना चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा समेत भएको उल्लेख गर्दै देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन । साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]