‘सरकारले नागरिकको नैसर्गिक अधिकारमाथि नै हस्तक्षेप गर्यो ‘

२०७५ असार १८ गते, सोमबार

काठमाडौं, १८ असार । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष टिका कडेँलले सरकारले नागरिकको नैसर्गिक अधिकारमाथि नै हस्तक्षेप गरेको बताएका छन् । अध्यक्ष कडेँलले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले आफ्नो संगठनका केन्द्रीय सदस्य नरोतम पाण्डेलाई प्रहरीले विना कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार काठमाडौँबाट नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तासँगै संगठनका केन्द्रीय सदस्य पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको थियो । राजनीतिक आस्था राख्न पाउने अधिकारलाई संविधानमा ग्यारेण्टी गरिएपनि केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले त्यसविरुद्ध गएको बताउँदै अध्यक्ष कडेँलले गिरफ्तार नेता पाण्डेलाई रिहाईको माग गरेका छन् ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट बुद्धिजिवी संगठनले शान्तिपूर्ण कार्यक्रमबाट गिरफ्तार नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम, पदम राईसहित ६ जना नेता–कार्यकर्तालाई म्याद थपेर हिरासतमा राखेकोप्रति पनि आपत्ति जनाएको छ । गिरफ्तार सबै नेताहरुको विना सर्त रिहाईको माग समेत अध्यक्ष कडेँलले गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]