दलालहरुलाई गाउँबाट लखेट्न निर्देशन

काठमाडौँ, १९ असार । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युथ रेड फोर्सका केन्द्रिय कोषाध्यक्ष दिनेशले गाउँ-गाउँबाट दलाल र भ्रष्टहरुलाई लखेट्न रोल्पाली युवालाई निर्देशन दिएका छन् । योङ रेड फोर्सको तेस्रो जिल्ला सम्मेलनका लागि रोल्पा पुगेका दिनेशले जनयुद्धमा रोल्पाली युवाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अबको एकीकृत जनक्रान्तिमा पनि रोल्पाले निर्णायक भुमिका खेल्ने अपेक्षा गरे । बैज्ञानिक समाजवादका निम्ति आफुहरु निरन्तर लडिरहेको बताउदै उनले त्यसका विरुद्ध उभिने सबै प्रकारका तत्वलाई ठिक पार्न देशैभर रेड फोर्स थप सशक्त बन्दै गएको उल्लेख गरे । सयाैं क्रान्तिकारी युवाहरूकाे उत्साहपूर्ण जमघट रहेकाे रेड फाेर्सकाे जिल्ला सम्मेलन राेल्पाकाे इरिबाङमा सम्पन्न भएकाे हाे । मौसमी प्रतिकुलतालाई चिर्दै बाजागाजा र झाकीसहित युवाहरूले र्याली निकालेका थिए । साे जिल्ला सम्मेलनले पृथ्वीकाे अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेकाे छ ।