साँस्कृतिक कार्यक्रममा हवाई फायर !

२०७५ असार २२ गते, शुक्रबार

काठमाडौँ, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा आज भएको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । स्थानीयका अनुसार कार्यक्रम चलिरहेको अवस्थामा प्रहरीले अश्रु ग्याससहित सहित हवाई फायर समेत गरेको थियो । प्रहरीले तीन जना कालाकारहरुलाई गिरफ्तार गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]