सरकारको फासिवादी चरित्रबिरुद्ध सशक्त संघर्ष गर्ने उदघोष

काठमाडौँ, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले कर्णालीमा सुरु गरेको ‘एकीकृत जनजागरण अभियान’ को क्रममा मुगुको सदरमुकाममा आज भएको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । मुगुको सदरमुकाम गमगढीमा भएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । शान्तिपूर्ण रुपमा चलिरेहेको कार्यक्रममा प्रहरीले अप्रत्यासित रुपमा हस्तक्षेप गर्दै अश्रु ग्यास र हवाई फायर गरेको छ । प्रहरीले शान्तिपूर्ण रुपमा चलिरेहेको कार्यक्रममा हस्तक्षेप गरि मंच भत्काएर दर्जन भन्दा बढी लाई गिरफ्तार गरेको बताइएको छ ।
यसैबीच , शान्तिपूर्ण रुपमा चलिरेहेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेकपा कर्णाली ब्युरोले आपत्ति जनाएको छ कर्णाली ब्युरोका इन्चार्ज एटमले आज एक विज्ञाप्ति जारी गर्दै सरकारको फासिवादी चरित्र उदाङ्गो भएको र शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने क्रम नरोकिए कडा संघर्षमा उत्रने बताए ।
यस बिषयमा कर्णाली ब्युरोका इन्चार्ज एटमले जारी गरेको प्रेस विज्ञाप्ति यस्तो छ – ” ‘एकीकृत जनजागरण अभियानअन्तर्गत मुगुको सदरमुकाम गमगढीमा सामना परिवारको नेतृत्वमा आयोजित साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी प्रसासनलाई १५ दिन अगाडी नै जानकारी गराएर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्नुले सरकारको फासिवादी चरित्र उदाङ्गो भएको छ । कार्यक्रम चलि रहेको समयमा अप्रत्यासित रुपमा हस्क्षेप गर्ने , मंच भत्काउने काम भयो । ३ राउण्ड अश्रु ग्यास र हवाई फायर गरियो ।जिल्ला इन्चार्ज क.संगम , सचिवालय सदस्य क. अडिकलगायत आधा दर्जन नेता- कार्यकतालाई गिरफ्तार गरिएको छ भने आधा दर्जन भन्दा बढी घाइते भएका छन । सयौको संख्यामा प्रहरी परिचालन गरेर सर्बसाधारणको घर खान तलासी गर्ने काम भै रहेको छ । राज्यको यो निरंकुश र फासिवादी हर्कतको कर्णाली ब्युरो घोरभ्रत्सना गर्दछ । गिरफ्तार नेता – कार्यकर्ता हरुलाई तत्काल रिहाई र घाइतेहरुको उपचारको जोडदार माग गर्दछ । सरकारको निरकुश र फासिवादी हर्कतबिरुद्ध शान्तिपूर्ण राजनीतिक गतिबिधि गर्न पाउने जनताको अधिकारको पूर्ण रक्षा गर्दै आगाडी बढ्ने प्रतिबद्धता समेत गर्दछ । निरकुश र फासिवादी हर्कतवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनेछ। ”