२५ गते कर्णाली बन्द

२०७५ असार २३ गते, शनिबार

काठमाडौँ, २३ असार । नेपाल कम्युनिस्ट पार्टी कर्णालीले सुरु गरेको एकीकृत जनजागरण अभियानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । अभियानको क्रममा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी चरम् दमन गरेको हो । सामना सांस्कृतिक परिवारको नेतृत्वमा शान्तिपूर्णरुपमा भइरहेको सांस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी आधा दर्जनलाई गिरफ्तार गरेको थियो भने आधा दर्जनभन्दा बढी घाइते भएका थिए । प्रहरीले उक्त क्रममा हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो । यसरी आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेकपा कर्णाली ब्युरोले आपत्ति जनाएको छ र उसले सरकारको निरंकुश र फासीवादी चरित्रविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । जसअन्तर्गत आज कर्णाली क्षेत्रभर बिरोध प्रदर्शन र भोली असार २४ गते कर्णालीका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने र असार २५ गते सोमबार कर्णाली बन्द गर्ने रहेको छ ।
बन्दीहरुको रिहाइ, शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप, सरकारको निरंकुशता र फासीवादी शैलीविरुद्ध र वाक् स्वतन्त्रता तथा राजनीतिक स्वतन्त्रताका लागि संघर्षमा उत्रन बाध्य भएको नेकपा कर्णाली ब्युरोका इन्चार्ज एटम्ले बताए । सरकारले निरंकुश र फासीवादी शैली नत्यागे त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुने इन्चार्ज एटमले चेतावनीसमेत दिए ।

यस बिषयमा कर्णाली ब्युरोका इन्चार्ज एटमले जारी गरेको प्रेस विज्ञाप्ति यस्तो छ –

प्रतिक्रियाहरु

[anycomment]